Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा राष्ट्रपति पौडेलको उपचार जारी छ।

राष्ट्रपति पौडेल गत असार २ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। गत असार ५ गते राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखिएको थियो।

छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको हो। पौडेलको मुटुको धडकन अस्थिर भएपछि उनी अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077