Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुंगो

    नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुंगो

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ ।

    समूह चरणबाटै बाहिरिएका समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका हुन् । ३० जुन देखी ६ जुलाईसम्म हुने प्लेअफका खेलमा यी चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्लेअफमा प्रतिस्पर्धा हुनेछ ।



    प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।



    दुबै खेलको विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

    नेपाल समूह ए मा ४ खेलमा ३ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । उक्त खेलको विजेता टोली समूह बी को चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्नेछन् ।

    समूह ए को चौथो र पुछारमा रहने टोलीको टुंगो सोमबार युएई र जिम्बावेको खेल पछि लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार