Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको ओडिसामा बस दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी। भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने आठ यात्रु गम्भीर घाइते भएका छन् ।

आइतबार राति ओडिसा राज्यको सडक परिवहन निगमको बस र निजी बस ठोक्किदा ११ जनाको मृत्यु भएको हो।

मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले बस दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुस्ख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले मृतका परिवारलाई जनही ३ लाख रुपैया क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077