Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको उडिसामा बस एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु, २० घाइते

एजेनसी । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गएराति भएको बस दुर्घटना भएको छ ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किँदा ११ जनाको मृत्यु भएको हो । यस्तै दुर्घटनामा २० जना घाइते भएका छन् ।

घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो ।

घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077