Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विदेशी आइटी कम्पनीले सोझै कर तिर्न सक्ने

    विदेशी आइटी कम्पनीले सोझै कर तिर्न सक्ने

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 747
    SHARES

    काठमाडौँ । नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर आम्दानी गरिरहेका सेवाप्रदायकले नेपालमा बुझाउनुपर्ने करका लागि सरकारले खाता सञ्चालनमा ल्याएको छ ।

    नेपाल राष्ट्र बैङ्कमा सञ्चालनमा ल्याइएको यस्तो खातामा त्यस्ता सेवाप्रदायकले विदेशबाटै सोझै कर तिर्न सक्ने व्यवस्था गरिएको आन्तरिक राजस्व विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिए ।



    ‘नेपालमा आफ्नो एजेन्टलाई पैसा पठाउनुपर्ने र त्यसलाई फेरि दाखिला गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्न आग्रह गरेपछि छुट्टै खाता सञ्चालनमा ल्याएका हौँ,’ उनले भने । यससँगै नेपालमा विद्युतीय सेवा उपलब्ध गराइरहेका सूचना प्रविधि कम्पनीले सोझै कर तिर्न सक्ने छन् ।

    सेवाप्रदायकले नियम अनुसार लाग्ने विद्युतीय सेवा करसँगै विद्युतीय सेवाको कारोबारमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि करसमेत सोही खातामा दाखिला गर्न सक्ने व्यवस्था गरिएको प्याकुरेलले जानकारी दिए । राजस्वबापतको रकम समयमै बुझाउन सजिलो होस् भनेर विदेशबाटै सोझै भुक्तानीको व्यवस्था गरिएको उनले बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार