काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नभएको भए नागरिकताको समस्या नेपालमा कहिले पनि समाधान नहुने बताएका छन् ।
आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरे । उनले जसपा नभएको भए देशमा संघीयता नआउने दाबीसमेत गरे ।
वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको उनको भनाई छ ।
Leave a Reply