काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले असार १२ गते संसद्बाट बजेट पास हुने दाबी गरेका छन् ।
आइतबार संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुने बताए ।
सांसदहरुले संसद्मा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने उनको भनाई छ ।
यस्तै उनले प्रचण्ड नेतृत्वको सरकार फेरेर अहिले कुनै पनि विकल्प नरहेको बताए ।
Leave a Reply