Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • स्कटल्याण्डले दियो ओमानलाई ३२१ रनको लक्ष्य

    स्कटल्याण्डले दियो ओमानलाई ३२१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 954
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत स्कटल्याण्डले ओमानलाई ३२१ रनको लक्ष्य दिएको छ ।

    बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरको अन्तिम बलमा ३२० रन बनाएर अलआउट भयो ।



    स्कटल्याण्डका लागि ब्रेण्डडन मक्मुलेनले शतकिय पारि खेले । उनले १२१ बलमा १३६ रन बनाएका छन् ।



    यस्तै कप्तान रिचि बेरिङटनले ६०, टोमस म्याकिन्टोसले ३२, म्यथ्यु क्रस २७ र मार्क वाडले २७ रनको योगदान गरे ।

    ओमानका लागि बलर बिलाल खानले ५ विकेट लिए । यस्तै फ्याज वटले २ तथा जय ओडेडराले एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार