Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सत्तापक्षले शक्तिको आडमा निरंकुशता लाद्ने काम गर्नु हुँदैन् : गृहमन्त्री श्रेष्ठ

    सत्तापक्षले शक्तिको आडमा निरंकुशता लाद्ने काम गर्नु हुँदैन् : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 747
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बजेटमा रहेका सही योजनालाई सही र गलत कुराको विरोध सबैले गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले प्रतिपक्षले राम्रा कुराको पनि विरोध गर्ने र सत्तापक्षले शक्तिको आडमा निरंकुशता लाद्ने काम गर्न नहुने बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने बताए । गृहमन्त्री श्रेष्ठले प्रतिपक्ष विरोधमा र सत्तापक्ष निरंकुश बन्न नहुने धारणा राखेका थिए ।



    गृहमन्त्री श्रेष्ठले भने,’यो प्रतिपक्षमा मात्रै समस्या होइन । यो सरकारको पनि, सत्तापक्षमा पनि समस्या हुन्छ । सरकार सत्तापक्षसँग जोडिने स्वभाविक चरित्रका कारण निरंकुश बन्ने, असहिष्णु बन्ने खतरा रहन्छ । यो लोकतन्त्रलाई हामीले साँच्चै सही ढंगले अभ्यास गराउने, लोकतान्त्रिक अभ्यासको औचित्य पुष्टी गर्ने र लोकतन्त्रलाई अझ उन्नत बनाउदै जाने हो भने हामी सबैले आत्मसमिक्षा गर्न जरुरी छ । प्रतिपक्ष विरोधवादमा नफसौं, सरकार सत्ताको स्वभावजन्य चरित्रका कारण निरंकुशताको शिकार नबनोस् ।’

    सत्तापक्ष र प्रतिपक्ष आफ्नो भूमिकाप्रति जिम्मेवार रहनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । निरंकुशताको अन्त्य गरेर ल्याएको लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार