Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठसहित)

    काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 939
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

    उपमेयर सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।



    चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३।७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ ।



    उपमेयर डंगोलले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेकी छन् ।

    महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको बताएकी छन् । त्यस्तै २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ ।

    महानगरपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएको छ । उनले महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार