काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्।
उपप्रधानमन्त्री श्रेष्ठ चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुन आगामी मंगलबार चार दिने भ्रमणको क्रममा त्यसतर्फ जान लागेका हुन्।
श्रेष्ठको सचिवालयका अनुसार उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहित ७ जनाको प्रतिनिधित्व रहने छ ।
उपप्रधानमन्त्री श्रेष्ठले सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Leave a Reply