Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

    पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 858
    SHARES

    फाइल तस्विर

    बैतडी । वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।

    उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।



    यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।



    राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार