एजेन्सी । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा घरेलु टिम जिम्बाब्वेले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरेको छ ।
शनिबार हरारेमा भएको खेलमा जिम्बाब्वेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो ।
जितसँगै जिम्बाब्वेले महत्वपूर्ण दुई अंक जोडेको हो । जिम्बाब्वेले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४४.४ ओभरमा २३३ रनमा आउट भएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे १ बल खेल्न बाँकी छदा २६८ रनमा अलआउट भयो । यो समूहबाट जिम्बाब्वे र वेस्ट इन्डिजसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेका छन् ।
Leave a Reply