काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले दुई विकेट लिएको छ ।
नेपालका स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका हुन् । सन्दीपले नेदरल्याण्डका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराए ।
पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् ।
एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले १३ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएको छ ।
नेदरल्यान्ड्सलाई जितका लागि ३७ ओभरमा ८२ रन आवश्यक छ । तर १३औं ओभरको अन्तिम बलमा सन्दीपले यो साझेदारी तोडे । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।
१५औं ओभरको दोस्रो बलमा उनले नै वेस्ली बार्रेसीलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । उनी मात्र ३ रनमा आउट भएका हुन् ।
Leave a Reply