Online Nepal
  • बुधबार, ९ माघ २०८१
  • कारागार अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले गरे आक्रमण

    कारागार अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले गरे आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.9K
    SHARES

    धनगढी । जिल्ला कारागार अनुगमन गर्न गएका प्रहरीमाथि नै कैदीबन्दीले आक्रमण गरेका छन् ।

    शुक्रवार दिउँसो कारागार अनुगमनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीमाथि कैदीबन्दीहरूले आक्रमण गरेका हुन् ।



    कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढेपछि कारागार व्यवस्था विभागको टोलीसहित जिल्ला प्रहरीको टोली अनुगमनमा गएको थियो ।

    अनुगमनका क्रममा कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

    अनुगमन सकेर बाहिर निस्किने क्रममा धकेला धकेल हुँदा सामन्तमाथि चोट लागेको थियो । अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र केही भारतीय रुपैयाँसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार