काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्डलाई १६८रनको लक्ष्य दिएको छ।
तकासिङ्घा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४४ओभरमा सबै विकेट गुमाउँदै नेदरल्याण्डलाई १६८ रनको लक्ष्य दिएको हो।
खेलको पहिलो पावर प्लेमा एक मात्र विकेट गुमाएको नेपालले १५औं, १७औं र १९औं ओभरमा लगातार विकेट गुमाएको थियो।
तेस्रो ओभरमा ओपनर आसिफ शेख दुई बलमा खाता नखोल्दै आउट भएका थिए। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ४२ बलमा दुई चौकासहित २७ रनमा पभिलियन फर्के।
वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ५६ बल खेलेर एक चौकासहित २२ रन जोडेर आउट भए। त्यसअघि पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेख चारमा बलमा ६ रन जोडेर आउट भए।
छैटौं नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर आउट भए। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए ।
सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए ।
आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए । लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।
Leave a Reply