काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो निर्णायक खेलमा नेपालले तीन विकेट गुमाएको छ।
दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका ओपनर कुशल भुर्तेल ४२ बलमा दुई चौकासहित २७ रन बनाएर आउट भएका हुन् ।
तकासिङ्घा रंगशालामा नेपाली ओपनर आसिफ शेख दुई बल खेलेर डक भएका थिए। आसिफ पभिलियन फर्केसँगै क्रिजमा उत्रिएका भीम सार्की १४ रन बनाएर खेलिरहेका छन्।
तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनले ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।
दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।
कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । कुशल आउट भएसँगै सुस्त सुरुआत गरेको नेपाल दबावमा परेको छ ।
नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।
Leave a Reply