Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेदरल्याण्डविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

    नेदरल्याण्डविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 804
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतको आफ्नो निर्णायक खेलमा वेस्ट नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो ।



    तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२:४५ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका हुन्।



    जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक छ । समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

    नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार