Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बर्दियामा अखाद्य वस्तु खाँदा दुईजनाको मृत्यु

    बर्दियामा अखाद्य वस्तु खाँदा दुईजनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेका छन् ।



    तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् ।



    उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार