सप्तरी । वैवाहिक बलात्कारको कसूरमा सप्तरीका ३९ वर्षीय श्रीमानलाई एक महिना कैद सजाय सुनाइएको छ ।
आठ महिनादेखि सप्तरी जिल्ला अदालतमा चलिरहेको वैवाहिक बलात्कारको मुद्दामा आरोपितलाई जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलाशले एक महिना कैद सजायको फैसला सुनाएका हुन् ।
श्रीमानले गत असोज २० गते बलात्कार गरेको भन्दै पीडित ३२ वर्षीया श्रीमतिले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।
चार दिनपछि पक्राउ परेका आरोपित जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलाशबाट गत कात्तिक १७ गते धरौटीमा रिहा भएका थिए ।
उनले श्रीमानबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छिन् । फौजदारी कसूर पीडित राहत कोषमा समेत श्रीमानले २ सय रुपियाँ जम्मा गर्नुपर्ने समेत भएको बताइएको छ ।
Leave a Reply