काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरूरी रहेको बताए ।
उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै जनतालाई दलाल पुँजीवादका विरूद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।
एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उनको भनाई छ ।