Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालको आरोप - ओलीले देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको आरोपलगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाए ।

उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077