Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिति सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको अवस्था सामान्य र स्थिर रहेको जानकारी दिएको हो ।

गत असार २ गते सेन्टरमा भर्ना भएका पौडेलको मुटुमा पेसमेकर राखिएको छ । मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा गत मंगलबार पेसमेकर राखिएको हो ।

त्यसअघि पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नसा खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077