Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन- आपतकालीन उपचारका लागि सधैँ चनाखो रहनू

    स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन- आपतकालीन उपचारका लागि सधैँ चनाखो रहनू

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन्।

    देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेको भन्दै मन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उदघाटनका अवसरमा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।



    मन्त्री बस्नेतले भने, ‘आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ। यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु ।’

    हाल बाढीपहिरोको सम्भावित क्षेत्रहरुमा औषधि पठाइसकेको पनि मन्त्री बस्नेतले जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार