Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- मलका लागि १५ अर्ब विनियोजन भएको छ, विगतको जस्तो अभाव हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने- मलका लागि १५ अर्ब विनियोजन भएको छ, विगतको जस्तो अभाव हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 753
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको भन्दै यो वर्ष धान बालीका लागि मल अभाव नहुने दाबी गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अब्दुल खानले कृषकले मल नपाएको भन्दै प्रश्न गरेपछि जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘रासायनिक मलको आपूर्ति सुदृढ भएको छ । ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ । मल अभाव हुने अवस्था छैन । मलका लागि १५ अर्ब रुपैयाँ विनियोजन भएको छ ।’



    साथै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको समेत जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार