Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति कार्यालयको पुस्तिका नपाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ । शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ । प्रश्नोत्तरका लागि एक घण्टाको समय छुट्याइएको छ ।

यस्तै बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरू माथिको जारी छलफल अन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ।

आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह,रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077