Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारतले दश वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

    भारतले दश वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दा उक्त समझदारी भएको बताएका हुन् ।



    नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको उल्लेख गर्दै उनले देशभित्र नै आन्तरिक बिद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना समेत ल्याइसकेको जानकारी गराए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर पनि भइसकेको छ । सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ । यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार