Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले बजेट पठाउँदैछ

    प्रधानमन्त्री प्रचण्डले भने – लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले बजेट पठाउँदैछ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले आवश्यक बजेटको प्रबन्ध गर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अमितलाल राजवंशीले सोधेको प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘लम्पी स्किन रोग नेपालमा पहिलो पटक व्यापक रूपमा फैलिएको अवस्था रहेको छ । रोग लाग्न नदिन र लागेका पशुहरूलाई उपचारका लागि सरकारले प्राविधिकहरू परिचालन गरेको छ । सातै प्रदेशमा अलग-अलग टोली परिचालन भएको छ । रोग नियन्त्रण र उपचारका लागि संघीय सरकारबाट बजेट विनियोजन गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढेको छ ।’



    प्रधानमन्त्री प्रचण्डले स्किन रोग नियन्त्रण गर्न आवश्यक बजेट स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढाइसकेको बताए। उनले देशभरि प्राविधिक राखेर लम्पी स्किन नियन्त्रणको प्रयास गरिरहेको बताए ।

    उनले लम्पी स्किन रोग नियन्त्रणकालागि क्वारेन्टाइन व्यवस्थापन, जनशक्ति व्यवस्थापन र उपचार व्यवस्थालाई थप सुदृढ गरेर लैजाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार