Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण – मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य होइन

    प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण – मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य होइन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन गरेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो होइन। संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तिय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी मधेश प्रदेशमा नै जाने गरेको छ। यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पथलैया विरगञ्ज करिडोर, चन्द्रपुर गौर राजमार्ग, हुलाकीलगायत योजना परेका छन्।’



    प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे । उनलेले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए ।

    उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार