काठमाडौं । नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठले विवाह गरेकी छन् ।
५३ बर्षिय रविनाले काठमाडौंको एक रिसोर्टमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग बिहिबार विवाह गरेकी हुन् ।
रविना तत्कालिन मेगा बैंकमा डेपुटी सिईओ र केही समय कायममुकायम सिईओ बनेकी थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।
स्टुआर्ट बेलायती नागरिक हुन् । उक्त समारोहमा च्यापम्यानकी छोरी पनि उपस्थित थिइन् । रविना र स्टुआर्ट दुबैको यो दोस्रो विवाह हो ।
Leave a Reply