Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • गोरखा सवारी दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    गोरखा सवारी दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 630
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।

    कार दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तमा समवेदना प्रकट गरे ।



    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्,’गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

    गए राति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार