Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपप्राध्यापक चलाउने गरे अनशन स्थगित

    उपप्राध्यापक चलाउने गरे अनशन स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । आमरण अनशनरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन स्थगित गरेका छन् ।

    सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएपछि अनशन स्थगित गरेका हुन् ।



    उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।



    चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार