Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कर्यालय गोरखालेका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै पर्छ। बिहीबार बेहुलीको घरमा टिकोटालो गरेपछि फर्किँदै गरेको जित राति दुर्घटनामा परेको हो ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ जना घाइते भएका छन् । २ जनाको शकुसल उद्धार गरिएको छ ।

घाइतेहरुलाई उपचारका लागि तनहुँको खैरेनी पठाइएको छ । दुर्घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय लगायतले उद्धार गरिरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077