Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब विदेशबाट आएको पैसा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट विदेशबाट आएको रेमिट्यान्स रकम एपबाटै बुझ्न सकिने भएको छ ।

एनआईसी एशिया बैंकले विदेशबाट ग्राहकको नाममा आएको रेमिट्यान्स रकम मोबाइल बैंकिङमार्फत सहजै बुझ्न सकिने सेवा बिस्तार गरेको हो ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम बैंकमा रहेको ग्राहकले खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा आफ्ना ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग एपमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको हो।

जुनसुकै समयमा ग्राहक महानुभावहरूले आफ्नो एप एनआईसी मो बैंकभित्र रहेको पैसा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । यस सेवापश्चात् ग्राहकलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।

त्यसैगरी रिसिभ रेमिट सुविधाअन्तर्गत यस बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै एनआईसी एसिया मो बैंकमा रिसिभ रेमिट गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सकिनेछ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077