काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याइरहेको नेपालले कुशल भुर्तेलपछि भीम सार्कीलाई गुमाएको छ ।
४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन छ । उनलाई जोसेप होल्डरले विकेट किपर साई होपको हातबाट क्याट आउट गरेका हुन् ।
यसअघि कुशल भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए।
नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।
Leave a Reply