Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कालीमाटीको सडकमै टमाटर फालेको विषयमा सरकारले थाल्यो छानबिन

    कालीमाटीको सडकमै टमाटर फालेको विषयमा सरकारले थाल्यो छानबिन

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 927
    SHARES

    काठमाडौं । काठमाडौंको कालीमाटीको सडकमै टमाटर फालेको विषयमा सरकारले छानबिन सुरु गरेको छ ।

    सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले कालीमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको भन्दै थप छानबिन भइरहेको बताए ।



    मन्त्री भुसालले किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्रि मूल्य घटाउन कालिमाटी तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै त्यस्तो कार्य हुँदा राजनीतिक प्रेरित हुन की भन्ने आशंका आफुलाई भएको जिकिर गरे ।



    असार ३ गते बजार मूल्य नपाएको भन्दै काठमाडौंको कालीमाटी तरकारी बजारस्थित सडकमा गोलभेँडा फ्याँकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार