Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपाको चियापानमा पुगेर एमाले अध्यक्ष ओलीले बजाए घन्टी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ केन्द्रीय कार्यालयमा पुगेका छन्।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापान समारोहमा भाग लिन उनी बिहीबार अपरान्ह बालाजुस्थित घन्टीघरमा पुगेका हुन्।

रास्वपा नेताहरुले उनलाई स्वागतका क्रममा चुनाव चिह्नसमेत रहेको घन्टी बजाउन लगाए ।

कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि प्रधानमन्त्री प्रचण्डलगायत नेताहरुले रास्वपाको चुनाव चिह्न घन्टी बजाएका थिए।

प्रतिनिधिसभामा चौथो शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको अवसरमा मुख्यालय ६ तले सुविधासम्पन्न भवनमा सरेको छ। रास्वपाले बिहीबार साँझ देशभर घन्टी बजाएर स्थापना दिवस मनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077