Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको रिटमाथि अन्तरिम आदेश जारी गरेको छ ।

    उपप्राध्यापक चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।



    न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ ।



    आफूमाथि कुटपिट गरी ज्यान मार्न खोज्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने बुधवार सर्वोच्च पुगेका थिए ।

    काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै बुधवार सर्वोच्च अदालत पुगेका थिए ।

    बुधवार दर्ता भएको रिट बिहीबारकै पेसीमा चढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार