Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपालविरुद्ध होप र निकोलसको आक्रामक शतक

    नेपालविरुद्ध होप र निकोलसको आक्रामक शतक

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालविरद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजका कप्तान शाई होपसँगै निकोलस पुरनले पनि शतक बनाएका छन्।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका होपले एक सय सात बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका थिए।



    होपसँग चौथो विकेटका लागि १८६ रनको साझेदारी गरेका निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्। नेपाली विकेटकिपर आसिफ शेखले १७औं ओभरको अन्तिम बलमा पुरनको क्याच ड्रप गरेपछि वेस्ट इन्डिजले ब्यािटङमा पुनरागमन गर्यो।



    वेस्ट इन्डिजले ४०।१ तीन विकेट गुमाएर दुई सय ४२ रन बनाएको छ। नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।

    पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले समूह एको दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार