Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मेयर बालेनले बन्द गराएको हिसान शैक्षिक मेला शुक्रबारदेखि पुनः सुरु हुने

    मेयर बालेनले बन्द गराएको हिसान शैक्षिक मेला शुक्रबारदेखि पुनः सुरु हुने

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) शैक्षिक मेला शुक्रबारदेखि नियमित हुने भएको छ ।

    काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेशपछि फेरि सुरु हुन लागेको हो ।



    बिहीवार काठमाडौंमा हिसानले पत्रकार सम्मेलन गर्दै असार ८, ९ र १० गते तीन दिन काठमाडौंको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।



    एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो ।

    महानगरको कदमविरुद्ध हिसानले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार