Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • वेष्टइण्डिजविरूद्ध नेपालको तेस्रो सफलता, सन्दीपले लिए विकेट

    वेष्टइण्डिजविरूद्ध नेपालको तेस्रो सफलता, सन्दीपले लिए विकेट

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले वेष्ट इण्डिजको तीन विकेट लिएका हुन् ।



    लगातार दुई खेलमा विकेटविहीन रहेका सन्दीप लामिछानेले वेस्टइन्डिजसका ब्रान्डन किङलाई ३२ रनको स्थितिमा बोल्ड गरेका हुन् । यसअघि गुल्सन झाले आफ्नो स्पेलको पहिलो बलमै विकेट दिलाएका थिए । ६ बल खेलेका जोनसन चार्ल्स रनको खाता नखोली आउट भए ।शु



    रूमा करण केसीको बलमा कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएपछि ओपनर केल मयेर्स १ रनमा आउट भएका थिए । जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर वेस्टइन्डिजले पहिले ब्याटिङ गरिरहेको हो ।

    वेस्टइन्डिजले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ । प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको छ। नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार