Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको सर्कुलर - निर्वाचनको अन्तर्घातको लिखित प्रतिवेदन पठाउनू

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीलाई सर्कुलर पठाइएको हो ।

सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षासहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरुमा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन, तीनै तहमा सम्पन्न निर्वाचनको घात अन्तर्घात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पठाउन भनेको छ।

केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरू, मोर्चाका फ्याक्सन इञ्चार्जलगायतले असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

पार्टीले लेवी बुझाउन बाँकी रहेकाका हकमा सबै केन्द्रीय सदस्य र प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पौषमा सम्पन्न भएको आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न बाँकी रहेका प्रदेशहरूले समेत आगामी केन्द्रीय समितिको बैठक अगावै अनिवार्य रूपमा हिसाब मिलान गरी फर्छ्यौट गर्न भनेका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077