Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • रास्वपासंग विचार मिलेपछि राजनीतिमा आएँ : अनिलकेशरी शाह

    रास्वपासंग विचार मिलेपछि राजनीतिमा आएँ : अनिलकेशरी शाह

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाहले रास्वपा र आफ्नो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँको बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व बैंकर शाहले यस्तो बताएका हुन् ।



    पूर्व बैंकर शाहले आफूसँग रहेको नेतृत्वको विकासको सिपलाई उपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताए ।



    पूर्व बैंकर शाहले भने,‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’

    शाहले देशमा नेतृत्वको अभाव भएकाले त्यो पूर्ति गर्न आफूले रास्वपामा भूमिका निर्वाह गर्ने बताए ।

    उनले रास्वपाका सदस्यको नेतृत्व विकास गर्न यो पार्टीमा प्रवेश गरेको बताए। शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार