Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उड्डयन प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै मेयर बालेन अदालतमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले रिट दायर गरेका छन्।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएको भन्दै बदरको माग गर्दै मेयर बालेनले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

तार काटेको विषयमा प्राधिकरणले मेयर बालेनलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।

काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। त्यसपछि प्राधिकरणले मेयर बालेनसँग स्पष्टीकरण सोधिएको थियो।

उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो। प्राधिकरणले बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै गत बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेका थिए ।

महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो । उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077