Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेगरि बोलाइएको हो ।

चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान,सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुनेछ ।

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुनेछ ।

कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने छन् ।

त्यस्तै, समितिको बैठकअघि बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको ५ बुँदे सर्कुलर मातहतका कमिटीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077