Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • आन्ध्र महासागरमा चार दिनदेखि बेपत्ता पनडुब्कीको खोज जारी

    आन्ध्र महासागरमा चार दिनदेखि बेपत्ता पनडुब्कीको खोज जारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 690
    SHARES

    एजेन्सी । टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ ।

    गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको हो ।



    टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको पनडुब्बी वेपत्ता भएपछि त्यसको खोजी जारी छ । तर अहिलेसम्म पनडुब्बी फेला पर्ने कुनै संकेत छैन ।



    टुर कम्पनी ओसियनगेटको यो पनडुब्बीमा पाकिस्तानी अरबपति शहजादा दाउद र उनका छोरा सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्गसहित ५ जना छन् ।

    पनडुब्बीमा रहेको अक्सिजन सकिन लागेको छ, अब ७९८ घन्टा भन्दा बढीको अक्सिजन पनडुब्बीमा नभएकाले चिन्ता बढेको छ । यो खोजमा अमेरिकी, क्यानडेली एजेन्सीका साथै नौसेना, समुन्द्रको गहिराइमा उत्रिने व्यावसायिक कम्पनी संलग्न छन् ।

    खोजामा सैन्य विमान, पनडुब्बी तथा पानी भित्रको आवाज सुन्न सक्ने प्रविधि जोडिएका मेसिनको प्रयोग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार