Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिमका कानुनमन्त्री सिंहको अन्त्येष्टि शनिबार गरिने

    सुदूरपश्चिमका कानुनमन्त्री सिंहको अन्त्येष्टि शनिबार गरिने

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 699
    SHARES

    धनगढी । गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनैजनाको अन्तिम संस्कार शनिबार गरिने भएको छ ।

    सिंहका जेठा छोरा अभिशेक डेनमार्कमा रहेकाले उनी फर्केपछि अन्तिम संस्कार गरिने भएको हो । सिंहका छोरा शुक्रबार नेपाल आइपुग्ने छन् । त्यतिन्जेल तीनैजनाको शव जिल्ला अस्पतालमा राखिने प्रहरीले जनाएको छ ।



    बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयादेवीको निधन भएको थियो ।



    मन्त्री सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार धनगढीको रंगशालामा राखिएको थियो ।

    सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झन्डा ओढाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार