एजेनसी । टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ ।
गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।
विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरेका छन् ।
टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ ।
यद्यपि, पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट चलिरहेको छ ।
Leave a Reply