Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानिर्देशकको जिम्मेवारी सम्हालेदेखि अधिकारी विमानस्थल सुधारको काममा सक्रिय, सञ्चालनमा ल्याए फोहोर नष्ट गर्ने मेसिन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे अगाडि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलबाट उत्पादन हुने फोहोर विमानस्थल भित्रै नष्ट गर्न ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अब विमानस्थलबाट उत्पादन हुने फोहोर अब विमानस्थल भित्रै नष्ट गर्न सकिने छ ।

प्राधिकरणका महानिर्देशकमा प्रदिप अधिकारीका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा समेत यो मेसिन जडान गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन आफैं गर्न सक्षम हुने अन्तर्राष्ट्रिय अभ्यास छ ।

सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याइएको महानिर्देशक प्रदीप अधिकारी बताउँछन् ।

विमानस्थल भित्र प्राकृतिक रुपमा उत्पादित फोहोर, कागजातसहित ठोस पदार्थहरुलाई यो मेसिनका माध्यमबाट नष्ट गर्न सकिने छ । गत माघ महिनामा प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका अधिकारी विमानस्थल सुधारका काममा लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077