Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • विश्वकप छनोट : यूएईको लगातार दोस्रो हार, ओमान ५ विकेटले विजयी

    विश्वकप छनोट : यूएईको लगातार दोस्रो हार, ओमान ५ विकेटले विजयी

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोटमा ओमानले यूएईलाई पराजित गरेको छ ।

    जिम्बावेको बुलावया एथ्लेटिक क्लबमा बुधवार भएको खेलमा ओमानले यूएईलाई ५ विकेटले पराजित गरेको हो । विश्व कप छनोटमा यूएईको यो लगातार दोस्रो हार हो ।



    यूएईले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनायो ।



    यो जितसँगै ओमान २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को तालिकाको शीर्ष स्थानमा पुगेको छ । लगातार २ खेल हारेको यूएई पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार